समुद्रमै विमान अवतरण, ४७ यात्रुको उद्दार |
काठमाडौं । पाइलटको चुकका कारण एउटा बिमान समुन्द्रमा अवतरण भएको छ । प्रशान्त महासागरको माइक्रोनेसियामा एउटा हवाईजहाजलाई समुद्रमै अवतरण गराइएको छ । जहाजका पाइलटले यसलाई चुक इन्टरनेसनल एयरपोर्टको धावनमार्गमा अवतरण गराउन चुकेका थिए ।
पपुवा न्यूगिनीको एयर न्युगिनीको यो जहाजबाट ३६ जना यात्रु र ११ जना चालक दलका सदस्यलाई उद्दार गरिएको छ । जहाज अवतरण हुनासाथ समुद्रमा रहेका डुंगाहरु उद्दारका लागि आएका थिए । २० वटा डुंगा उद्दारका लागि पुगेको हुनाले सबैलाई उद्दार गर्न सफल भएको उद्वारकर्ताहरुले बताएका छन् ।
विमानबाट निस्किन सफल एक यात्रुका अनुसार विमानभित्र कम्मरसम्म पानी पसिसकेको थियो । उद्दार गरिएका यात्रुहरुलाई नजिकैको अस्पताल भर्ना गरिएको छ । उनीहरुमध्ये तीन जनाको अवस्था नाजुक रहेको बताइएको छ ।