इन्भेष्टर्स फोरमले धितोपत्र बोर्डसँग राख्यो ३० बुँदे मागपत्र |
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले सेयर बजार सुधारका लागि धितोपत्र बोर्डलाई ३० बुँदे मागपत्र बुझाएको छ । इन्भेटर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा बिहीबार गएको टोलीले बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलाई माग पत्र बुझाएको हो ।
फोरमले बुझाएको मागपत्रमा बैंकलाई ब्रोकर लाइसेन्स, मार्केट मेकरको स्थापना, म्युचुअल फण्डहरुको आरक्षण शेयरमा लकिङ्ग पिरियड र कमजोर रेटिङ्गका कम्पनीलाई आईपिओ निष्काशनमा प्रतिबन्ध लगाउनु पर्ने माग गरेको छ । त्यस्तै फोरमले एफपिओमा वैज्ञानिक मल्य निर्धारण तथा पूँजी बजारका आधारभूत विषयहरु तथा यस क्षेत्रमा सूचना सम्प्रेषणमा स्वच्छता कायम गर्न सञ्चार माध्यमहरुलाई पूँजीबजार सम्बन्धी निर्देशिका जारी गर्नुपर्नेलगायतका माग राखेको छ ।
त्यसैगरि नयाँ स्टक एक्सचेञ्ज सम्बन्धी कार्य यथाशीघ्र सम्पादन गर्ने, सबै कम्पनीहरुलाई नियमनकारी निकायको स्थापना, मार्जिन ल्याण्डिङ्गको सुरुवात गर्नु पर्ने माग छ । साथै राफसाफ समय घटाउने, सेटलमेन्ट ग्यारेन्टी फण्डसँग सम्बन्धित ऐन कानूनको निमार्ण, क्लोजआउटको निराकरण, मर्जर तथा प्राप्तीमा ३ महिनाभित्र कारोबार हुने व्यवस्था, ७ दिनभित्र बोनस तथा लाभांश वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने फोरमको माग छ ।