निर्धन उत्थान लघुवित्तले ४२ प्रतिशत लाभांश दिने प्रस्ताव |
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई ४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले गतआवमा गरेको नाफाबाट २२.११ प्रतिशत अर्थात् २२ करोड १० लाख रुपैयाँ र २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।
संस्थाको बिहीबार बसेको सञ्चालक समिति बैठकले लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरण हुने संस्थाले जानकारी दिएको छ ।