अब जनता बैंकको खाता अनलाइन मार्फत घरबाटै खोल्न सकिने |
काठमाडौं । सूचना प्रविधिको प्रयोग मार्फत सहज र सुलभ रुपमा आम नागरिक सम्म सजिलै बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ ।
जनता बैंकको बेभ साइट धधध।वबलबतबदबलप।अयm।लउ मा लग अन गरी स्वदेश तथा बिदेशको कुनै पनि स्थानबाट जनता बैंकको देश भरी रहेका १२३ ओटै शाखामा खाता खोल्न सकिने छ ।
यस सुविधाबाट देशको कुनै पनि भौगोलिक दुरीमा अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै जनता बैंकको सेवा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ । यो सेवा हाल व्यक्तिगत खाता खोल्नको लागि मात्र प्रयोग गर्न सकिने छ ।
अनलाइनबाट खाता खोले पश्चात ग्राहकको खाता नम्बर र आवश्यक जानकारी ब्यक्तिगत इमेलमा पठाइने छ । यस विधिबाट खोलिएको खातामा प्रचलित कानुन बमोजिम तुरुन्तै कारोवार संचालन गर्न सकिने छ भने चेक प्राप्त गर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागि एक पटक ग्राहकले सम्बन्धित शाखामा सम्पर्क गरी फाराममा हस्ताक्षर गर्नु पर्नेछ ।