विश्व बैंकको १५ अर्व रुपैयाँ ऋण सहयोग | रणनीतिक सडकमा प्रयोग हुने

काठमाडौं । विश्व बैंकले नेपालका रणनीतिक सडकमा पुल सुधार तथा मर्मतका लागि सहयोग स्वीकृत गरेको छ । बैंकले नेपालका लागि १ सय ३३ मिलियन डलर (करिब १५ अर्व रुपैयाँ) बराबरको ऋण स्वीकृत गरेको हो ।
विश्व बैंकले दोस्रो चरणको पुल सुधार तथा मर्मत कार्यक्रमका लागि यो ऋण स्वीकृत गरेको जानकारी दिएको छ । नेपालका विभिन्न क्षेत्रमा कूल ४ सय ७७ पुलहरुको मर्मत तथा सुधारका लागि यो रकम खर्च गरिनेछ ।
सो रकमबाट ९० पुलको मर्मत, १ सय ८० पुलमा सुरक्षा उपाय सुधार, ८० पुलमा दुई लेनको निर्माण तथा ३५ वटा पुललाई ४ लेनमा स्तरान्नतीको काम हुनेछ । यस्तै सडक विभागअन्तर्गत निर्माणाधीन ९२ पुलको निर्माण कार्य सम्पन्न गर्न सहयोग गर्ने विश्व बैंकले बताएको छ ।
नेपालको प्रमुख विकास साझेदार विश्व बैंकले अहिले करिब पौने पाँच अर्ब अमेरिकी डलरको सहायता गरिरहेको छ ।