राष्ट्र बैंक ४ सय करोडको ट्रेजरी बिल विक्री गर्दै |
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी सोमबार ४ सय करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले जारी मिति असोज १६ गते मंगलवार तोकेर उक्त परिमाणको ट्रेजरी विक्री गर्न लागिएको बताएको हो ।
उक्त ट्रेजरी खरिदका लागि बैंक तथा फाइनान्स कम्पनीले सोमवार अपरान्ह ३ बजेसम्म राष्ट्र बैैंकमा आवेदन दिनुुपर्नेछ । विक्री गरिने कुुल ट्रेजरीमध्येमा ९१ दिने अवधिको १ सय करोड र १ सय ८२ दिने अवधिको ३ सय करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि आगामी पुुस १७ गते तोकिएको छ भने १ सय ८२ दिनेको परिपक्व हुुने अवधि आगामी चैत १९ गते तोकिएको छ ।
यसअघि यही असोज सात गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको ४ सय ३ करोड, १ सय ८२ दिने अवधिको ४ सय ३० करोड र ३ सय ६४ दिने अवधिको २ सय करोड रुपैयाँबराबरको ट्रेजरी बिल विक्री गरिसकेको छ ।