क्यास्ट्रोलका सेल्फी स्टार विजेता पुरस्कृत |

काठमाडौं । क्यास्ट्रोल लुब्रिकेण्टले सेल्फी कन्टेस्टका विजेताहरूलाई पुरस्कृत गरेको छ । क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जितले क्यास्ट्रोल भेक्टन सेल्फी स्टार किरण नापित र क्यास्ट्रोल एक्टिभो सेल्फी स्टार राज विकेलाई पुरस्कार प्रदान गरेका हुन् ।
उनीहरुलाई एकएकवटा स्मार्टफोन उपहार प्रदान गरिएको छ । किरण नापित पोर्पा अजिमा सर्भिसिङ सेण्टर र सन्तोष मोटर ग्यारेजका सञ्चालक हुन् भने राज विके राज मोटरसाइकल वक्र्सका सञ्चालक हुन् ।
क्यास्ट्रोल भेक्टन पहिलो पटक नेपालमा उपलब्ध गराएको अवसरमा क्यास्ट्रोल भेक्टन सेल्फी कन्टेस्ट आयोजना गरिएको थियो । क्यास्ट्रोल भेक्टनको ब्यानरमा आफ्नो तस्वीर खिचेर क्यास्ट्रोल लुब्रिकेन्ट नेपालको आधिकारिक फेसबुक पेजमा ट्याग गरेपछि सबैभन्दा बढी लाइक पाउनेलाई विजयी घोषणा गरिने बताइएको थियो ।
केही समयपहिले मात्र नेपाली बजारमा भित्रिएको क्यास्ट्रोल भेक्टन इञ्जिन आयल हो । यो सीआई–४ प्लस र ई७ प्रविधिको मल्टिग्रेड डिजेल इन्जिन आयल हो । यसमा अन्य कुनै पनि लुब्रिकेण्टमा नभएको युनिक सिष्टम फाइभ टेक्नोलोजी प्रयोग गरिएको छ, जसका कारण सो लुब्रिकेण्टले पहिले प्रचलित लुब्रिकेण्टभन्दा ३० प्रतिशत बढी पर्फमेन्स दिन्छ ।
क्यास्ट्रोल एक्टिभोमा रहेको अत्याधुनिक एक्टिभ बोण्ड मोलिक्युल्सले इन्जिनमा एक किसिमको झिल्ली बस्न गई इञ्जिनलाई सुरक्षित राख्छ । यसका कारण इञ्जिनमा अनावश्यक पदार्थ बस्न वा जम्न पाउँदैन ।