मेगा बैंकका थप तीन ठाउँमा एटीएम |

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले थप तीन स्थानमा एटीम सेवा विस्तार गरेको छ । बैंकले काठमाडौंको कमलपोखरीस्थित सिटी सेण्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेकअगाडि एटीम सेवा विस्तार गरेको हो ।
योसँगै अब बैंकका एटीएम संख्या ७९ पुगेको छ । स्थापनाको नवौं वर्षमा आइपुग्दा मेगा बैंकले १ सय १ वटा शाखा, १४ वटा एक्टेन्सन काउण्टर, १ सय १९ वटा शाखारहित बैंकिङ सेवा, २ हजारभन्दा बढी मेगा रेमिट सञ्जालमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।