स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गर्यो ३६।८४ प्रतिशत लाभांश दिने प्रस्ताव |
काठमाडौं (आपास) । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई ३६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको मंगलवार बसेको सञ्चालक समिति बैठकले उक्त प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट शेयरधनीलाई ११.८४ प्रतिशत अर्थात् ५ करोड ९५ लाख रुपैयाँबराबर नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै २५ प्रतिशत अर्थात् १२ करोड ५७ लाख रुपैयाँबराबरको बोनस शेयर दिने भएको छ ।
लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र त्यसपछि साधारणसभाबाट पारित गरी वितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।