कार्तिक ९ मा मेरो माइक्रोफाइनान्सको एजीएम |
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको एजीएम कार्तिक ९ गते हुने भएको छ । कम्पनीले असोज ९ गते बसेको संचालक समितिको बैठकबाट छैठौं, साधारणसभा कार्तिक ९ गते होटल वाटर टावर विदूर ३ बट्टार, नुवाकोटको सभा कक्षमा बिहान साढे ११ बजे हुने भएको छ ।
साधारणसभामा १५ प्रतिशत बोनस र ११ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गर्ने भएको छ । बोनस शेयर पश्चात शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
साधारणसभाका लागि असोज १७ गतेदेखि कार्तिक ९ गतेसम्म शेयधनी दर्ता किताब बन्द हुनेछ ।