स्वावलम्बन लघुवित्तले खोल्यो पाँचवटा उपशाखा |
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले एकसाथ पाँचवटा उपशाखा सञ्चालनमा ल्याएको छ । संस्थाले रुपन्देही जिल्लाको तिलोत्तमा, पर्सा जिल्लाको बरियारपुर, रौतहट जिल्लाको चन्द्रपुर, सर्लाही जिल्लाको मलंगवा र महोत्तरी जिल्लाको बलवामा शाखा विस्तार गरेको हो ।
उपशाखा कार्यालय चन्द्रपुरको उद्घाटन रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, प्रदेश सभा सदस्य धनलाल ठोकर र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले संयुक्त रूपमा गरेका हुन् । त्यस्तै, उपशाखा कार्यालय बरियारपुरको उदघाटन बरियारपुर नगरपालिकाका उपप्रमुख तारादेवी कानु, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अमिता वज्राचार्य र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतले संयुक्त रूपमा गरेका हुन् ।
शाखा विस्तारसँगै वित्तीय संस्थाले ५७ जिल्लाका १ सय २८ शाखा कार्यालयमार्फत लघुवित्त सेवा पु¥याउँदै आएको छ ।
विपन्न तथा न्यून आय भएको वर्गको आर्थिक–सामाजिक अवस्थामा सुधार ल्याई उनीहरूको आयस्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापित संस्थाले वित्तीय पहुँच अभिवृद्धि योजना अनुरुप थप नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको बताएको छ ।