जनता बैंकको सहयोग विद्यालयलाई |
काठमाडौं । जनता बैंक लिमिटेडले लमजुङको एक विद्यालयलाई प्रोजेक्टर सहयोगस्वरुप प्रदान गरेको छ । बैंकले बेंसीशहर नगरपालिका–१, रामचोकबेंसीस्थित बाल विकास आधारभूत विद्यालयलाई प्रोजेक्टर प्रदान गरेको हो ।
उक्त प्रोजेटर विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सेढाईलार्ईं हस्तान्तरण गरेका हुन् ।
संविधानसभा सदस्य जमीन्द्रमान घलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बैंकका अध्यक्ष रायमाझीले विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्न उक्त सहयोग महत्वपूर्ण रहने विश्वास व्यक्त गरे । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको छ ।
बैंकले हाल देशभरका १ सय २३ शाखा, ४० शाखारहित बैंकिङ युनिट, ७१ एटीएम, २ एक्स्टेन्सन काउण्टरमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।