मुक्तिनाथ विकास बैंकको कालिकोट सामुदायिक विद्यालयका विधार्थीलाई सहयोग |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई सहयोग गरेको छ । कालिकोट सामुदायिक विद्यालयको विद्यार्र्थीको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताको आधारमा गरिब, अपांग, द्वन्द्वपीडित, दलित, महिला र आदिवासीलाई एईई पास भई काठमाडांैंमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई छात्रवृत्तिको १ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको हो ।
उक्त सहयोगको चेक मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कर्णली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेकराज शाहीलाई हस्तान्तरण गरेका छन् ।