प्रहरीले फेरि समायो तस्करीको तीन किलो सुन |

काठमाडौं । काठमाडौं प्रहरीले तस्करी गरेर ल्याएको तीन किलोग्राम सुन समातेको छ । रसुवाको केरूङ नाका हुँदै आएको उक्त सुनसहित प्रहरीले दुई जना भरिया पनि समातेको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा रसुवा गोसाइकुण्ड गाउँपालिका १ घर भएका २४ वर्षीय नर बहादुर घले र २० वर्षीय पेम्बा तामाङ रहेका छन्। । भदौ २३ गते गोरखा प्रहरीले १० किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको थियो ।