कैलालीको अधिकांश क्षेत्र डुबानमा |

कैलाली । गएराति परेको अबिरल वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छ । धनगढी उपमहानगरपालिकाको एलएन चोक, विशालनगर, प्रदेश सभाहल, हसनपुर, धनगढी गाउँ, बसपार्क लगायतका क्षेत्र जलमग्न भएको छ ।
अविरल वर्षाका कारण धनगढीका केही क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडकमा पानी जमेका कारण बिहानै स्कुल तथा कलेज जाने विद्यार्थीहरु बाटोमै रोकिएका छन् ।
धेरै पानी पर्ने हुने मनसुन अवधिमा समेत डुबानमा नपरेका धनगढीका यी क्षेत्रहरु एकदिन परेको पानीका कारण जलमग्न भएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पानीका कारण अहिलेसम्म कुनै मानवीय क्षती नभए पनि केहि पसल र घर डुबानमा परेका छन् ।