सिद्धार्थ बैंकको एकै साथ ३ नयाँ शाखा |
काठमाडौं । सिद्धार्थ बैंकले देशका विभिन्न ३ स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको राजविराज, रुपन्देहीको मणिग्राम र सौराहा फर्साटिकरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीका लागि निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले ती शाखाहरू सञ्चालनमा ल्याएको बताएको छ । बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ सेवा प्रदान योजना बनाएको छ ।
बैंकले हाल देशभर १२६ वटा शाखा, ९३ एक्स्टेन्सन काउण्टर, ९९ शाखारहित बैंकिङ सेवा, १३१ एटीएम र १ हजारभन्दा बढी पीओएस मेशिनमार्फत उच्चस्तरीय बैैंकिङ सेवा प्रदान गर्दै आएको छ ।