खैरेनी र देवदहमा साइन रेसुंगा, दशौं वार्षिक साधारणसभा असोज २८ गते |
काठमाडौं (आपास) । साइन रेसुंगा डेभलपमेण्ट बैकले २ स्थानमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले रुपन्देहीको देवदह नगरपालिकाको खैरेनी र शुद्घोधन गाउँपालिकाको फर्साटिकरमा नयाँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।
चुक्ता पूँजी १ अर्ब ६२ करोड रुपैयाँ रहेको सो बैंकले हालसम्म १४ अर्ब ६५ करोड रुपैयाँ निक्षेप परिचालन गरी १३ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ ।
साथै, बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भइसकेकाले यही मिति २०७५ साल असोज २८ गते दशौं वार्षिक साधारणसभा गर्न गइरहेकोे छ ।