मारुती सिमेण्टलाई अन्तरराष्ट्रिय स्तरको मापदण्ड प्राप्त |
काठमाडौं । नेपालकै पहिलो तथा निजी स्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन मारुती सिमेन्टले अन्तरराष्ट्रिय स्तरको मापदण्ड प्राप्त गरेको छ । मारुती सिमेन्टले आफ्नो गुणस्तरलाई अझ निखार्दै नेपाल गुणस्तर तथा नापतौल विभागबाट अन्तरराष्ट्रिय स्तरको मापदण्ड प्राप्त गर्ने सिमेन्ट कम्पनी बनेको जानकारी दिएको छ ।
ओपीसी सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागि एनएस र आईएसओ ९००१ः२०१५ तथा क्लिंकर ग्राइन्डिङ र प्याकिङको लागि एनएस र आईएसओ १४००१ः२०१५ द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको हो ।
यस सम्मानसँगै मारुती सिमेन्ट नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको छ । स्वदेशी उद्योगको रूपमा पूर्वाञ्चलको उदयपुर पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा सर्वोत्कृष्ट ओपीसी सिमेन्ट यसले गर्दै आएको छ ।
सम्मान ग्रहण गरे लगत्तै कम्पनीका ब्राण्ड म्यानेजर राजु श्रेष्ठले भनेः “यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता महानुभाव, शुभचिन्तकवर्ग तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्ण सहकर्र्मीहरुलाई दिन चाहन्छौँ । साथै, कम्पनीको तर्फबाट आभार व्यक्त पनि गर्दछौँ र आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासको साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने छौँ ।”