आईएमई र भरोसा अस्पतालबीच सम्झौता |
काठमाडौं (आपास) । आईएमई लिमिटेड र भरोसा अस्पतालबीच उपचार सेवामा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा आईएमई लिमिटेडका तर्फबाट व्यापार प्रवद्र्घन अधिकृत अभिनाष श्रेष्ठ र अस्पतालको तर्फबाट प्रशासन अधिकृत सूर्य आचार्यले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अब आईएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले अस्पतालको सेवामा १० प्रतिशतसम्म विशेष छुट पाउने लिमिटेडले जानकारी दिएको छ ।
यो सुविधा लिनका लागि आईएमईले प्रदान गरेको आईएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । आईएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले यस्तो सम्झौता गरिएको आईएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।