टीभीएस मोटर कम्पनी र जगदम्बा मोटर्सको तिन वर्षे सहयात्रा | दरवारमार्गमा स्ट्रीट फेस्टिभल सम्पन्न

काठमाडौं । दुई पाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी उत्पादक कम्पनी टीभीएस मोटरले आफ्नो नेपालको लागि वितरक कम्पनी जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाडौंको दरवारमार्गमा सडक म्यूजिक फेस्टिभल आयोजना गरेको छ । उक्त फेस्टिवल टीभीएस मोटर र जगदम्बा मोटर्सको तीन बर्षको यात्रा पुरा भएको उपलक्ष्यमा आयोजना गरिएको हो ।
उक्त सडक म्यूजिक फेस्टिभल काठमाडौं स्थीत दरबारमार्गमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा भारतीय चर्चित ¥यापर तथा गायक बादशाह तथा नेपाली कलाकार इन्दिरा जोशी, एड रे तथा एज ब्याण्डले आफ्नो प्रस्तुति दिएका थिए । साथै, बुगिबुगिका तीन फाइनलिस्टले पनि आफ्नो प्रस्तुति दिएका थिए ।
टीभीएस मोटर कम्पनी र जगदम्बा मोटर्सको तीन बर्षे बलियो सहर्कायमा बिभिन्न उत्पादनहरु नेपाली बजारमा भित्रिएको छ । जसमा हालै मात्र सार्वजनिक गरिएको टीभीएस अपाचे आर आर ३१०, टीभीएस एनटर्क १२५ र टीभीएस अपाचे १६० फोरभी रहेको छ । कम्पनीको सहकार्य तथा नेपाली सर्मथक तथा ग्राहकहरुका लागी यो उत्सब आयोजना गरिएको हो ।
देशभरमा टीभीएस मोटर कम्पनीको पोर्टफोलीयोमा यी टु ह्वीलर तथा थ्रि ह्वीलरहरु उपलब्ध रहेका छन् । टीभीएस अपाचे आरआर ३१०, टीभीएस अपाचे आरटीआर १६० टुभी, आरटीआर फेरभी, आरटीआर १८० र २०० फोरभी, टीभीएस स्ट्राइकर, टीभीएस स्टार सिटी पल्स, टीभीएस भिक्टर, टीभीएस एनर्टक १२५, टीभीएस वीगो, टीभीएस जुपीटर वेस, जेडएक्स क्लासीक, टीभीएस ड्याज, टीभीएस जेस्ट ११०, टीभीएस एक्सएल १००, टीभीएस एक्सएल १०० हेभि ड्यूटी रहेको छ । साथै कम्पनीले २०० सीसी थ्री ह्वीलर टीभीएस किंग विक्रि गरिरहेको छ ।