लगानी कोषमा कार्यकारी निर्देशकका लागि दरखास्त आव्हान, असोज २२ गते अन्तिम दिन |
काठमाडौं । नागरिक लगानी कोषले अब नयाँ कार्यकारी निर्देशक पाउने भएको छ । सरकारले उक्त संस्थामा रिक्त कार्यकारी निर्देशक नियुक्तिका लागि आगामी असोज २२ गतेभित्र गोप्य आवेदन दिन आव्हान गरेको छ । अर्थ मन्त्रालयले गठन गरेको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित छनोट सिफारिश समितिले उक्त दरखास्त आव्हान गरेको हो ।
रामकृष्ण पोखरेलले राजीनामा गरेपछि २ महिनादेखि नागरिक लगानी कोषमा कार्यकारी निर्देशकको पद रिक्त छ ।
सो पदका लागि उमेर ३० वर्ष पुरा भई ६५ वर्ष ननाघे, मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, आर्थिक, बैंकिङ, वित्तीय, वाणिज्य वा कानून विषयमा स्नातकोत्तर पास उद्योग, वाणिज्य, पूँजी बजार वा बैंकिङ संस्था कम्तीमा १०औं तह वा सोसरह जिम्मेवारी लिइसकेको हुनुपर्ने समितिले जानकारी दिएको छ । दरखास्त दिनेले व्यावसायिक योजनासमेत पेश गर्नुपर्ने समितिले बताएको छ ।