कोटेश्वर–जडीबुटी सडकमा बेलिब्रिज सञ्चालन गरिने |
काठमाडौं । सवारी चापका कारण कोटेश्वर–जडीबुटी सडकमा त्यो बाटो भएर हिडने सबैले सास्ती बेर्होनु परेको छ । यो समस्या लाई अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा लयाउने सरकारी तयारी छ ।
यस स्थानमा अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण अघि बढिरहेको छ ।
साथै पेप्सीकोलादेखि सल्लाघारीसम्म पनि अरनिको राजमार्गको वैकलिपक सडकका रुपमा सडकको चौडाइ बढाउने कार्यको बोलपत्र आह्वान भई निर्माण अघि बढिरहेको बताइएको छ । तर सरकारले उचित क्षतिपूर्ति नदिएसम्म निर्माण अघि बढाउन नदिने भन्दै पटक पटक यो क्षेत्रमा आन्दोलन भइरहेको छ ।
सांसद महेश बस्नेतको विशेष पहलमा सडक विभाग केन्द्रीय कार्यालय ललितपुरका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठ, पिआइडी दिवाकर ढकाल, स्थानीय जनप्रतिनिधि तथा सरोकार निकायसहितको आइतबार साँझ भएको स्थलगत निरीक्षणपछि बेलिब्रिज बनाइने बताइएको हो ।
विभागका महानिर्देशक श्रेष्ठले बेलिब्रिज सम्भव भएसम्म आगामी तिहारअघि नै सञ्चालनमा ल्याइने बताउनुभयो । त्यस्तै काठमाडौँ उपत्यका विकास प्राधिकरणले समेत उक्त स्थानमा सवारी चाप समस्या समाधान गर्न सडक विस्तार, खानेपानी, ढल, पुल, हवाईपुल, स्मार्ट सिटीलगायत कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको छ ।