ज्योतिले हाम्रो विकास बैक किन्ने, २९ गते साधारणसभा |
काठमाडौं । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई बराबरी हैसियतमा प्राप्ति गर्ने भएको छ । बैंकले सम्पूर्ण सम्पति तथा दायित्व (डिडिए) प्रतिवेदन अनुसारको स्वाप रेसियो एक बराबर एकलाई आगामी साधारणसभाबाट पारित गर्ने भएको छ । यसै प्रयोजनका लागि भन्दै बैंकले असोज २९ गते ११औं वार्षिक साधारणसभा बोलाएको छ ।
हाम्रो विकास बैंकलाई प्राप्ति गर्ने संझौतालाई साधारणसभाले अनुमोद गरेसँगै आवश्यक प्रकृया अगाडि बढ्ने बताइएकोे छ । बैंकको चुक्ता पूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । प्राप्तिसँगै ज्योति विकास बैंकको चुक्ता पूँजी तीन अर्ब ८ करोड रुपैयाँ पुग्नेछ । यससँगै विकास बैंकहरुमध्ये सबैभन्दा धेरै पूँजी भएको बैंक ज्योति बन्नेछ ।
साधारणसभामा बैंकले हाल कायम संस्थापक शेयरधनीको ६०ː४५ प्रतिशतको होल्डिङलाई ५१ प्रतिशतमा झार्ने विशेष प्रस्ताव अगाडि सारेको छ । बैंकले संस्थापक शेयरधनीको स्वामित्वलाई ५१ प्रतिशतमा झार्ने क्रममा २४ लाख ५० हजार ९६० कित्ता शेयर सर्वसाधारण समुहमा परिणत हुनेछ ।
गत भदौ २४ गते बसेको संचालक समितिको बैंठकले चुक्ता पूँजीको ८.४० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको थियो । यसलाई पनि साधारणसभाबाट पारित गर्नेछ । साधारणसभा प्रयोजनको लागि असोज १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज हुने भएको छ