भार्गव विकासब बैंकको साधारण सभा असोज २७ मा |
काठमाडौं । भार्गव विकास बैंक लिमिटडको असोज २७ गते साधारण सभा आह्वान गरेको छ । बैंकले ५ दशमलव ५५५ प्रतिशत बोनस सेयर पारित गर्न साधारण सभा बोलाएको हो ।
बैंकको साधारण सभाका लागि असोज १९ गते १ दिनका लागि बुक क्लोज गर्ने भएको छ । बैंकको असोज ५ गते बसेको संचालक समितिको दशौं साधारण सभाले असोज २७ गते शनिबार दिउँसो ११ बजे होटल किचेनहट नेपालगञ्ज, कारकोदोमा साधारण सभा हुने निर्णय गरेको थियोे । । बैंठकले ५ दशमलव ५५५ प्रतिशत अर्थात २ करोड ६४ लाख रुपैयाँको बोनस शेयर र ०.२९५ प्रतिशत अर्थात १३ लाख ८९ हजार ४७३ दशमलव ६८ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि गरेको छ ।
भार्गवले गत वर्ष निष्कासन गरेको हकप्रदपछि कायम चुक्ता पुँजी ४७ करोड ५२ लाख रुपैयाँबाट बोनस र नगद लाभांश वितरण गर्न लागेको हो ।