स्पर्श लघुवित्तले आईपिओ जारी गर्ने |
काठमाडौं । स्पर्श लघुवित्त बित्तीय संस्था लिमिटेडले २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता साधारण शेयर (आइपीओ) निश्कासन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएकोे छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ लाख ४० हजार कित्ता साधारण शेयर सर्वसाधारण र आफ्ना कर्मचारीका लागि निश्कासन गर्नेछ । कम्पनीले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमीटेड रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपीओ पछि चुक्तापूँजी ८ करोड रुपैयाँ पुग्नेछ ।