बैंकले नयाँ नोट असोज १२ गते पाउने , सर्वसाधारणलाई भने असोज २१ गतेबाट |

काठमाडौं । बैंकले नयाँ नोट असोज १२ गते पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट आगामी १२ गतेदेखि बैंकहरुलाई वितरण गर्ने जानकारी दिएको छ ।
आगामी ११ वा १२ गतेदेखि बैंकहरुलाई नयाँ नोट वितरण गर्ने तयारी गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताएका छन् ।
नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२ गतेदेखिनै बैंकहरुलाई वितरण गर्न लागेको राष्ट्र बैंकले भनाई छ ।
सर्वसाधारणलाई भने कहिलेदेखि नयाँ नोट वितरण गर्ने भन्ने विषयमा निर्णय भइ सकेको छैन ।