अमेरिकामा १५ हजारभन्दा बढी एजेन्ट भएको सिगेसँग सिटी एक्सप्रेसको साझेदारी | अब अमेरिकामा बस्ने नेपालीले नेपालका जुनसुकै बैंकमा खाता खोली रकम जम्मा गर्न सक्ने
काठमाडौं । अब अमेरिकामा बस्ने कुनै पनि नेपालीले नेपालमा सञ्चालनमा रहेका जुनसुकै बैंकमा पनि सिगे मनी ट्रान्सफरमार्फत सीधै खाता खोली रकम जम्मा गर्न सक्ने भएका छन् । सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस पनी ट्रान्सफरबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता भएपछि त्यस्तो सम्भव हुने भएको हो ।
सोसम्बन्धी सम्झौतापत्रमा सिटी एक्सप्रेसको तर्फका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिगेका चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै सिटी एक्सप्रेसले अमेरिकाको १५ हजारभन्दा बढी एजेण्ट र विश्वभर १३० भन्दा बढी देशमा आफ्नो छुट्टै सञ्जाल भएको सिगेसँग सहकार्य अगाडि बढेको छ ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउँदै विगत १२ वर्षदेखि विदेशबाट पठाएको रकम आफ्ना ६ हजारभन्दा बढी नेपालका एजेन्टहरूमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।