मञ्जुश्री फाइनान्सले ९ प्रतिशत नगद लाभांश दिने |
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको असोज ५ गते बसेको संचालक समितिको बैठकबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत नगद लाभांश दिने भएको छ ।
हाल ८० करोड ४० लाख ६० हजार २१० रुपैयाँको ९ प्रतिशतले हुन आउने ७ करोड २३ लाख ६५ हजार ४१९ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ ।
उक्त प्रस्तावित लाभांश श्री नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चाात यस कम्पनीको साधारण सभाले पारित गरी वितरण गर्ने जानकारी दिएकोे छ ।