शाइन रेसुङ्गा डेभलपमेन्टले सेयरहोल्डरलाई १७ प्रतिशत बोनस दिने |
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले १७ दशमलव ७० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले आव २०७४⁄७५ को मुनाफाबाट चुक्ता पुँजीको १७ दशमलव ७० प्रतिशतका दरले २४ करोड ४० लाख ४९ हजार ८ सय ६० दशमलव ०४ रुपैयाँ बोनस शेयर दिनेछ । साथै शुन्य दशमलव ९३ प्रतिशतले हुन आउने १ करोड २८ लाख ४४ हजार ७२९ दशमलव ४८ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
शेयर वितरण गर्न नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागको असोज ४ गतेको पत्र मार्फत स्वीकृति प्राप्त भएको बैंकले जानकारी गरेको छ ।
उक्त बोनस शेयर विकास बैंकको १० औं वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।