कालिगण्डकी जलविद्युत मर्मतका लागि १२ दिन बन्द हुने | भरतपुर पश्चिमका क्षेत्रमा लोडसेडिङ हुने

काठमाडौं । देशकै ठुलो जलविद्युत आयोजना कालीगण्डकी ‘ए’ मर्मतका लागि १२ दिन बन्द गरिने भएको छ । १४४ मेगावाट क्षमताको यो आयोजना बन्द हुँदा भरतपुर र भरतपुरबाट पश्चिमतर्फ लोडसेडिङ हुनेछ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार असोज ७ गते देखि११ गते सम्म र कात्तिक ६ गते देखि १२ गते सम्म कालीगण्डकीबाट विद्युत उत्पादन बन्द हुनेछ ।
भरतपुर पश्चिममा १३२ केभी सवस्टेशनबाट विद्युत आपूर्ति भइरहेका घरायसी तथा औद्योगिक क्षेत्रमा आयोजनाको मर्मत सम्भार नसकिएसम्म लोडसेडिङ हुनेछ । दुवै समयमा भरतपुर चितवन पश्चिमका १३२ केभी सवस्टेशनबाट विद्युत आपूर्ति हुने सबै जसो ठाउँमा लोडसेडिङ हुनेछ ।