आजबाट तेल वितरणमा कोटा प्रणाली | वाइकलाई पाँच लिटर, हल्का सवारी साधनलाई १५ लिटर
काठमाडौं । चालकको हड्तालका कारण आपूर्ति असहज भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री वितरणमा कोटा प्रणाली लागु गरेको छ । निगमले नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनलाई आज शुक्रबार पत्र पठाउँदै बाइक, कार र लामो दूरीका सवारी साधनलाई तोकिएको परिमाणमा तेल दिन निर्देशन जारी गरेको छ ।
निगमले वाइक र स्कुटरलाई पाँच लिटर, हल्का सवारी साधन कार तथा भ्यानलाई १५ लिटर, डिजलबाट संचालन हुने छोटो दूरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारी साधनलाई बढीमा सय लिटर तेल दिने व्यवस्था गर्न निर्देशन दिएको छ ।
निगमले एम्बुलेन्स,स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकतामा तेल दिन निर्देशन दिएको छ । निगमले नाकाबन्दीका बेलामा यस्तै कोटा प्रणाली लागु गरेको थियो ।