नेपाल क्लियरिङ हाउसको ४० प्रतिशत लाभांस प्रस्ताव |
काठमाडौं । नेपाल क्लियरिङ हाउसले असोज २६ गते सातौ वार्षिक साधरणसभा बोलाएको छ । कम्पनीको साधारणसभाले २० प्रतिशत नगद लाभांस र २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ ।
संचालक समितिले रिक्त रहेका दुई जना संचालकलाई यस अगाडि नियुक्त गरिसेको हुँदा यसलाई साधारणसभाबाट अनुमोदन गर्ने जानकारी दिएको छ ।
कम्पनीले वर्तमान लेखापरीक्षक जोशी एण्ड भण्डारीलाई पुनः नियुक्त गर्ने भएको छ । बोनस शेयर वितरणसँगै चुक्ता पूँजी बढ्ने हुँदा कम्पनीले आफ्नो प्रवन्धपत्रलाई संसोधन सहित स्कृतिको लागि साधारणसभामा पेश गर्ने छ ।