चाडपर्व नजिकिदै गर्दा बजार अनुगमनको तयारीमा विभाग |

काठमाडौं । सरकारले चाडपर्वका बेलामा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र महंगी रोक्न कडाइका साथ अनुगमन गर्न लागेको छ । चाडपर्वलाई लक्षित गरी दैनिक उपभोग्य वस्तु तथा सेवा र व्यवसायीक फर्ममा कडाइका साथ अनुगमन गरिने खाद्य तथा प्रविधि गुण नियन्त्रण विभागले जानकारी दिएको छ ।
विभाग र विभाग माताहतका निकायहरु मर्फत केहि दिन भित्रै अनुगमन तीव्र पार्ने विभागको तयारी छ । अनुगमनलाई प्रभावकारी बनाउन माताहतका कार्यालयहरुमा कर्मचारीहरु खटाइसकिएको छ । चाडपर्वमा हुने कालोबजारी, कृत्रिम अभाव तथा महंगी हुन नदिने गरी विभागले अनुगमनको तयारी गरेको बताइएको छ ।