भारतको मुम्बईमा पेट्रोलको भाउ ९० भारुसम्म पुग्यो |

एजेन्सी । भारतमा फेरि पेट्रोलको भाउ बढेको छ । भरतको मुम्बईमा आज तेलको भाउ झण्डै ९० भारु पुगको छ । बिहीवारदेखि लागू हुने गरी भारतका दिल्ली, मुम्बई, कोलकता र चेन्नईमा पेट्रोलको भाउ बढेको हो ।
पेट्रोलको भाउ बढेर राजधानी दिल्लीमा ८२.२२, कोलकातामा ८४.७० चेन्नईमा ८५.४८ र मुम्बईमा ८९.६० भारु पुगेको छ । पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले अन्तरराष्ट्रिय कारणले भारतमा पेट्रोलियमको भाउ बढेको बताएका छन् ।