फर्निचर तथा फर्निसिङ एक्स्पो ˊफर्नेक्स २०१८ˋ को तयारी पुरा, बिहीबार उद्घाटन हुँदै |
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा असोज ४ गते बिहीबारदेखि आयोजना हुने फर्निचर तथा फर्निसिङ एक्स्पो ˋफर्नेक्स २०१८’ को तयारी पुरा भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा हुन लागेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले एक्स्पोको सबै तयारी पुरा भएको जानकारी दिएको हो ।
प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु सहभागि हुने एक्स्पोमा नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी हुनेछ । उक्त अवसरमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरकासाथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्रिवितरण समेत हुने बताइएको छ ।
एक्स्पोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरु लाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत वितरण गरिनेछ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत दिइने आयोजकको भनाई छ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आर्कषण हुने छ ।
फर्नेक्स २०१८ को टाइटल स्पोन्सर जेम फ्लोरिगं रहेको छ । एक्स्पोको मुख्य प्रायोजक सिमल डेकोर, यती फ्लोरिगं, ग्लेनर डिलाइट रहेका छन् । एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् ।
किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने छन् । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकको भनाई छ ।
मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिकशैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राही लाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष राजेश अग्रवालले बताए । उनले नेपाली उत्पादनलाई प्राथमिकतामा राखि दिन आमउपभोक्तालाई आग्रह गर्दै नेपाल फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर हुने बाटोमा रहेको बताए ।
एक्स्पो असोज ४ गतेदेखि ८ गतेसम्म चल्ने छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमितरुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।