उर्जा क्षेत्रको विकासका लागि विश्व बैंकको १० अर्व ऋण |

काठमाडौं । नेपालको मुख्य दातृ निकाय विश्व बैंकले उर्जा क्षेत्रका लागि १० अर्व नेपाली रुपैयाँ बराबरको ऋण दिने भएको छ । रकम उर्जा क्षेत्र सुधारमा खर्च हुने बैंकले जानकारी दिएको छ । नेपालको उर्जा क्षेत्रमा विश्व बैंकले पहिलो पटक ऋण दिन लागेको हो ।
डेभलेपमेन्ट पोलिसी क्रेडिट अन्तर्गत १०० मिलियन अमेरिकी डलर ऋण स्वीकृत भएको छ । यसले नेपालका नियामकको संस्थागत सुधारमा बल पुर्याउने विश्व बैंकको भनाई छ ।
यो सहयोगले. नेपालको उर्जा क्षेत्रको संस्थागत सुधार, परिमार्जनबाट उर्जाको गुणस्तरीय सेवा प्रवाहमा बल पुग्ने विश्व बैंकको भनाई छ । नेपालको मुख्य दातृ निकाय विश्व बैंक समूहका संस्थाहरु लगानीमा सक्रिय रहेका छन्। । हाल बैंकले २२ आयोजनामा २ अर्व ५० करोड अमेरिकी डलर लगानी प्रतिबद्धता रहेको छ । बैंकले सन् २०१८ देखि २०२० सम्म १ अर्व ३९ करोड डलर लगानी गर्ने जानकारी दिएको छ ।
विश्व बैंक समूह अन्तर्गतको मल्ट्रीलाट्रल इन्भेस्टमेन्ट एजेन्सी (मिगा) ले नेपालमा विदेशी निजी लगानीलाई सघाउने अवसर खोजिरहेको बैंकले जानकारी दिएको छ । नेपालमा पहिलोपटक सन् १९६३ मा आएको बैंकले हालसम्म ४ अर्व ७५ करोड अमेरिकी डलर सहयोग गरेको छ। जसमा ३ अर्व ४८ करोर्ड ऋण र १ अर्व २७ करोड अनुदान रहेको छ ।