अमेरिकी डलरको मूल्य किर्तिमानी उचाईमा | एक अमेरिकी डलर बराबर ११७ नेपाली रूपैयाँ
काठमाडौं । एक सातायता डलरले दैनिक उच्च मूल्यको रेकर्ड कायम गर्दै आएको छ । नयाँ रेकर्ड बनाउदै अमेरिकी डलरको मूल्यले ११७ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ७५ पैसा महँगो हो । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार डलरको विक्रीदर मूल्य ११७ रुपैयाँ ०७ पैसा तथा खरिददर मूल्य ११६ रुपैयाँ ४७ पैसा छ ।
डलरको मूल्य बढ्दा आयातित सामानको समेत मूल्यबढ्ने भएकाले महँगीको दर बढ्न जान्छ । यसले आयातित सामानमा पूर्ण निर्भर नेपालको व्यापार घाटा समेत बढाउँछ । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिल विनिमय दर रहेको छ । भारु अमेरिकी डलरसँग कमजोर हुँदा त्यसको असर नेपाली रुपैयाँमा पनि पर्न जान्छ । नेपाली रुपैयाँ सस्तो हुँदा रेमिट्यान्स बढ्छ । त्यस्तो सेवा निर्यातबाट हुने आम्दानी पनि बढ्छ भने आयात गर्दा महंगो पर्न जान्छ ।