कालिमाटीका ५७ स्टल खारेज, २५ वटालाई सफाइ | धेरैजसो १०१२ हजारमा स्टल लिएर ४५ लाखमा अर्कैलाई भाडामा दिने परे
काठमाडौं । सरकारले रातो सूचीमा परेपछि स्पष्टीकरण सोधिएका कालिमाटी तरकारी बजारका सबै ९८ स्टल सञ्चालकमध्ये चित्तबुझ्दो जवाफ नदिएका स्टल खारेज गर्ने निर्णयअनुसार पछिल्लो पटक थप ५१ वटा स्टर खारेज गरेको छ । यीसहित अब खारेजीमा पर्ने स्टलको संख्या ५७ पुगेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बैठकले ती स्टलहरू खारेज गर्ने निर्णय गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिएका हुन् । सरकारले यसअघि नै तमिध्ये ६ वटा स्टल खारेज गरिसकेको छ । बैठकले २५ वटा स्टललाई सफाइ दिने र सामान्य त्रुटी देखिएका १६ वटा स्टललाई खारेज नगरी थप कागजात माग गर्ने निर्णय गरेको छ ।
मन्त्रालयले गरेको अनुगमनका क्रममा तरकारी बजारका ९८ वटा स्टल रातो सूचीमा परेका थिए । न्यूनतम १०१२ हजारदेखि २० हजारसम्म स्टल भाडा तोकिएकोमा यीमध्येका धेरैले ४ देखि ५ लाख रुपैयाँसम्म लिएर अर्कैलाई पसल चलाउन दिएको पाइएको थियो ।