संविधान दिवसको अवसरमा उद्यमी हरिभक्त शर्मा, मीनवहादुर गुरुङदेखि बैंकर अशोक शेरचनसम्म विभूषित |

काठमाडौं । सरकारले संविधान दिवशको अवसर पारेर देश विकासमा विशिष्ट योगदान दिएका तथा आर्थिक, ब्यवसायिक तथा सहकारीसँग सम्बन्धित ब्यक्तिहरुलाई राष्ट्रिय पदक घोषणा गरेको छ ।

उद्यमीहरु हरिभक्त शर्मा, हेमराज ढकाल, देविप्रकाश भट्टचन, मीनवहादुर गुरुङ, लोकमान्य गोल्छा र राजेन्द्र मल्ललाई सुप्रवल जनसेवा श्री तृतीय दिइने भएको छ । यसैगरी सहकारी आन्दोलनका अगुवा केशव बडाललाई पनि सुप्रवल जनसेवा श्री तृतीय दिइने भएको छ । सरकारले घोषणा गरेको पदक एक कार्यक्रम आयोजना गरी राष्ट्रपतिले वितरण गर्ने कार्यक्रम छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि प्रवल जनसेवा श्री चतुर्थ दिइने भएको छ । साथै चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह, कृषि सहकारीकी मीना ढकाल, उद्यमी निरु पुलामीले पनि प्रवल जनसेवा श्री चतुर्थ पाउने भएका छन् । होटल संघ नेपालका अमरमान शाक्य, ललितपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अमरमान जोशी, रत्ननगर टाँडीका ब्यवसायी दीपककुमार कर्मचार्य र यादवप्रसाद पाण्डेलाई पनि यो पदक दिइने भएको छ ।