नागरिक उड्डयन प्राधिकरणको कारवाहीमा परे ४ पाइलट |
काठमाडौं । वायुयान र पाइलटहररूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले उडानमा लापरबाही देखिएको कारण देखाउदै ४ जना नेपाली पाइलटलाई ग्राउन्डेड गरेको छ । कारवाहिमा परेका मध्य नेपाल वायुसेवा निगमको एयरबसका क्याप्टेन सुवर्ण अवालेलाई आजीवन उडानमा रोक लगाउँदै ग्राउन्डेड गरिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।
क्याप्टेन अवाललाई हवाई उडान जस्तो संवेदनशील काममा सरिक नगराउने गरी रोक लगाइएको छ । क्याप्टेन अवालेको घटनामा मन्त्रालयको आदेश अनुसार उनलाई सधैंका लागि ग्राउन्डेड गरिएको प्राधिकरण स्रोतको भनाई छ । अवालेलाई प्रहरीले ०७३ चैत्र २७ गते राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९३ हजार अमेरिकी डलरसहित पक्राउ गरेको थियो । उनी त्यस रात निगमको एयरबसमा काठमाडौंबाट दुबईको उडान गर्दै थिए । उक्त उडानको कमाण्डर पाइलट अवाले नै थिए ।
त्यसैगरी प्राधिकरणले कारबाही स्वरुप ग्राउन्डेड गरेका अन्य तीन पाइलटमा सीता एयरको डोर्नियर विमान उडाउने क्याप्टेन रजनीश मानन्धर, मनाङ एयरका हेलिकप्टर पाइलट हिरा दाहाल र स्रिमिक एयरका हरेराम थापा छन्। । यीनीहरु लाई भने सदाका लागि ग्राउन्डेड नगरिए पनि उडान सुरक्षामा लापरबाही गरेको अभियोगमा ग्राउन्डेड गरिएको हो ।