जनसेवी लघुवित्तले आईपीओ निष्कासन गर्ने |
काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि संस्थाले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
संस्थाले ४ करोड २० लाख रुपैयाँबराबरको ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । उक्त शेयरको निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।