नेपाल बैंक र प्राइम लाइफबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रतापशाहले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले दिने जीवन बीमासम्बन्धी सम्पूण सेवा नेपाल बैंक लिमिटेडका देशभर रहेका सबै शाखाबाट पाउन सकिने भएको छ ।
हाल प्राइम लाइफ इन्स्योरेन्सको चुक्तापूँजी १ अर्ब ७८ करोड रुपैयाँ, जीवन बीमाकोष ६ अर्ब ५३ करोड र कुल प्रिमियम १२ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।