एनआईबीएल एस क्यापिटलले १५ प्रतिशत नगद लाभांश पारित गर्ने |
काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडको छैंटौ वार्षिक साधारणसभा असोज २३ गते बस्ने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सञ्चालक समितिले प्रस्ताव गरेको चुक्तापुँजीको ४ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।