मेगा बैंकको शाखारहित सेवा उदयपुरमा |
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको उद्घाटन त्रियुगा नगरपालिका– ५ का वडाअध्यक्ष उद्धवकुमार थापा र मेगा बैंक रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले संयुक्त रूपमा गरेका हुन् ।
बैंकको शाखारहित बैंकिङ सेवाले घरदैलोमा बचत गर्न देउरीवासीलाई सजिलो भएको बैंकको विश्वास छ ।