जनता अवकाश कोषले नाफा वितरण गर्ने |
काठमाडौं । जनता अवकाश कोषले बचत मौज्दातको १ प्रतिशतका दरले नाफा वितरण गर्ने भएको छ । कोषको आइतबार बसेको सञ्चालक समितिको बैठकले नाफा वितरणको उक्त निर्णय गरेको हो । जनता अवकाश कोष जनता बैंकले सञ्चालनमा ल्याएको हो ।
बैठकले गत आर्थिक वर्ष २०७४०७५ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू स्वीकृत गरेको छ ।
वि.सं. २०६० सालमा सिद्धार्थ अवकाश कोषको नाममा स्थापना भई सेवा प्रदान गर्दै आइरहेकोमा गत असार १ गतेबाट कोषको नाम परिर्वतन भई जनता अवकाश कोष भएको हो । कोषले हाल ४५० वटा संगठित संस्थाका १२ हजारभन्दा बढी सहभागीलाई सेवा प्रदान गर्दै आएको छ ।