ग्लोबल आईएमईका ग्राहकलाई न्यूरो हस्पिटलमा १५ प्रतिशतसम्म छुट |
काठमाडौं । ग्लोबल आईएमई बैंक र विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलबीच उपचारसेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा हस्पिटलको तर्फबाट सञ्चालन निर्देशक राजेश भट्टराई र बैंकको तर्फबाट शाखा प्रबन्धक शशिशेखर शर्माले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब सो बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक, बैंकका कर्मचारी तथा ग्राहक ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जानकारी दिएको छ ।
बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत पुगोस् भन्ने अभिप्रायले सो सम्झौता गरेको बताएको छ ।