गण्डकी विकास बैंकले १५ लाखसम्म बिनाधितो कर्जा दिने | बचत खातामा दैनिक ७ प्रतिशत ब्याज
काठमाडौं । गण्डकी विकास बैंकले ‘प्रोफेसनल कर्जा’ योजना बजारमा ल्याएको छ । बैंकले बिनाधितो १५ लाख रुपैयाँसम्मको कर्जा दिने योजना बजारमा ल्याएको छ । उक्त कर्जा डाक्टर, इञ्जिनियर, प्राध्यापक, वकिल, चार्टर्ड एकाउन्टेन्ट लगायत ख्यातिप्राप्त संघ संस्थामा कार्यरत कर्मचारीहरूलाई मात्र प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
त्यसैगरी, बैैंकले ७ प्रतिशत ब्याज तथा अन्य आर्कषक सेवा सुविधासहितको साधारण बचत खाता बजारमा ल्याएको छ । उक्त खातामा एटीएम, एबीबीएस, मोबाइल बैंकिङ, आश्वा सेवालगायत ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा समावेश गरिएको छ ।
त्यसैगरी, बैंकले कर्मचारीहरुलाई लक्षित गरी दैनिक मौज्दातमा ७ प्रतिशत ब्याज प्रदान गर्ने गरी कर्मचारी तलब खाता पनि बजारमा ल्याएको छ । यो खातामा निःशुल्क एटीएम, एबीबीएस, मोबाइल बैंकिङ, आश्वालगायतका थुप्रै सेवा उपलब्ध गराइने साथै रू. ५ लाखसम्मको दुर्घटना बीमा पनि समावेश गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।
यी सेवाहरु बैंकका ७६ वटै शाखारूबाट प्रदान गरिनेछ । ग्राहकहरुले जुनसुकै शाखा कार्यालयबाट पनि यी सेवा लिन सक्नेछन् । कर्मचारी बचत खाता शैक्षिक तथा विभिन्न संघ संस्थामा कार्यरत कर्मचारीहरुको लागी उपयुक्त रहेको छ ।