असोज ६ गते अमेरिका जादै प्रधानमन्त्री ओली |

काठमाडौं । अमेरिकामा हुन लागेको संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ गते त्यस तर्फ जाने भएका छन् ।
प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ ।
बैठकलाई विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले उच्चस्तरीय सम्बोधन गर्नेछन् । उच्चस्तरीय सम्बोधन ९ गतेबाट शुरू हुने भए पनि प्रधानमन्त्री ओलीको पालो भने असोज ११ गते छ । ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ ७३ औं महासभा आजबाट शुरु भएको छ ।