सिद्धार्थ क्यापिटलको साधारणसभा असोज २५ गते, ३० प्रतिशत लाभांश दिने |
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको सातौं वार्षिका साधारणसभा असोज २५ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
गत आवमा गरेको नाफाबाट शेयरधनीलाई ६ करोड रुपैयाँ नगद लाभांश बाँड्ने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पनि पारित गर्नेछ ।