‘प्रदेशका लागि गोर्खा इको प्यानलको विकल्प छैन’ : राज्यमन्त्री झा |

काठमाडौं । प्रदेश नम्बर २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले गोर्खा इको प्यानल प्रदेशका लागि उत्तम विकल्प रहेको बताएकी छिन् । उनले पूर्वाधार निर्माण क्षेत्रमा आधुनिक प्रविधि भित्र्याउन सफल गोर्खा इको प्यानलले प्रदेश नम्बर २ को राजधानी जनकपुरमा आयोजना गरेको एकदिने प्रदेशस्तरीय अन्तरक्रियामा त्यस्तो भनाइ राखेकी हुन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेकी राज्यमन्त्री झाले प्रदेश सरकारको काम समय र सीमित बजेटभित्र सिध्याउनुपर्ने भएकाले गोर्खा इको प्यानलको प्रयोग थप आवश्यक रहेको ठहर थियो ।
त्यस्तै, गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इञ्जिनीयर कृष्णभक्त दुवालले प्रदेशभित्र रहेको पूर्वाधार विकासको गुणस्तर बढाउन र भविष्यमा आउने वातावरणीय संकटबाट जोगिन गोर्खा इको प्यानलको विकल्प नरहेको बताए । अहिलेको समय र आवश्यकताअनुरुप अघि बढ्न प्रदेशका सम्बन्धित निकायलाई उनले ध्यानाकर्षणसमेत गराए ।
गोर्खा इको प्यानलको प्रयोग र महत्वबारे प्रकाश पार्दै प्यानलका निर्देशक उत्सव केसीले आधुनिक पूर्वाधार निर्माण क्षेत्रमा संस्थाले राष्ट्रभित्र उल्लेखनीय योगदान गरेको जिकिर गरे । उनले पूर्वाधार निर्माण क्षेत्रमा आधुनिक प्रविधि भित्र्याउन सफल गोर्खा इको प्यानलले अबको गन्तव्य तराईका विभिन्न भूभागलाई बनाएको समेत खुलासा गरे ।
कार्यक्रममा प्रदेश नम्बर २ का विभिन्न नगरपालिकाका प्रमुख, राजनीतिक व्यक्तित्व, नागरिक समाजका अगुवालगायतको सहभागिता रहेको थियो ।